सामाजिक विकास कार्यालय रूकुम (पश्चिम भाग )
परिचय
नेपालमा संघियता लागु भए पश्चात कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले शिक्षा, भाषा, धर्म तथा संस्कृति, महिला तथा बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद र श्रम तथा रोजगार अन्तर्गतका कार्य जिम्मेवारी रहने गरी २०७६ भाद्र महिनामा प्रत्येक जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापनाको मुल मर्म सँगै रहेर यस कार्यालयले विशेषत पछिल्नो समयमा आधारभुत तथा माध्यामिक विद्यालय भवन निर्माण, घेराबार, मर्मत, खेलमैदान निर्माण, सामुदायिक क्याम्पसहरुको स्तरउन्नतिको लागि पुर्वाधार निर्माण सुधारमा अनुदान, समुदाय तथा विद्यालय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
- निकायको काम, कर्तव्य र अधिकार
- विभिन्न विद्यालयहरुमा भौतिक निर्माण अन्तर्गत विनियोजन भइ आएको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने,
- विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने,
- प्राविधिक छोरिबुहारी छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र उच्च शिक्षा दलित छात्रवृत्ति वितरण गर्ने,
- समुदायस्तरमा भौतिक निर्माण तर्फका कार्यक्रमहरु कार्यान्वयन गर्ने,
- सेफ हाउस संचालनको लागि कार्यक्रम कार्यान्वयन गर्ने,
- जोखिममा रहेका महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सरसामान प्रदान गर्ने,
- महिला तथा पछाडी परेका विभिन्न जातजातिहरुलाई उनीहरुको जीवनस्तर उकास्नको लागि विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने ।