नेपालमा संघियता लागु भए पश्चात कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले शिक्षा, भाषा, धर्म तथा संस्कृति, महिला तथा बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद र श्रम तथा रोजगार अन्तर्गतका कार्य जिम्मेवारी रहने गरी २०७६ भाद्र महिनामा प्रत्येक जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापनाको मुल मर्म सँगै रहेर यस कार्यालयले विशेषत पछिल्नो समयमा आधारभुत तथा माध्यामिक विद्यालय भवन निर्माण, घेराबार, मर्मत, खेलमैदान निर्माण, सामुदायिक क्याम्पसहरुको स्तरउन्नतिको लागि पुर्वाधार निर्माण सुधारमा अनुदान, समुदाय तथा विद्यालय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरहेको छ